• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टिकटक प्रतिबन्ध माथिको रिटमा आज भएन सुनुवाइ, त्यसमाथि थपिए ३ नयाँ मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं । आज सोमवार हुने भनिएको टिकटक प्रतिबन्धविरुद्धका रिट उपरको सुनुवाई रद्द भएको छ । सर्वोच्च अदालतमा दर्ता भएका टिकटक प्रतिबन्ध विरुद्धका १० ओटा ‍रिट ‘हेर्न नभ्याइने’ अन्तर्गत राखिएका हुन् ।

न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको सुनुवाइ हेर्न नभ्याउनेमा परेपछि आजको कार्यतालिका फेरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए । सूचना अधिकारी घिमिरेका अनुसार आजै न्यायाधीश चुडाल र अर्का न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास परेकाले टिकटक प्रतिबन्ध विरुद्धको रिट हेर्न नभ्याउनेमा परेको हो ।

त्यस्तै आज नै टिकटक विरुद्ध थप तीन ओटा रिट समेत परेको र ती सबै रिटमाथिको संयुक्त सुनुवाइ भोलि मङ्गलवार हुने पनि उनले जानकारी दिए । यसअघि २७ कात्तिककाे मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‍भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै नेपालमा टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यसको लगत्तै उक्त कार्य अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताउँदै सरोकारवालाहरूले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖