• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायली बन्धकहरूलाई हमासको कब्जाबाट मुक्त गर्ने सम्झौतामा कतार र अमेरिकाले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अक्टोबर ७ देखि हमासद्वारा बन्दी बनाएका लगभग २४० इजरायली बन्धकहरूलाई मुक्त गर्ने प्रयास गरिरहेका मानिसहरूले यो सम्झौता एकदमै नजिक भएको दाबी गरेका छन्।

कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानीले भने, ‘हामी बन्धकहरूलाई रिहा गर्ने सम्झौताको नजिक छौं।’

उनले भने, ‘पहिलेभन्दा अहिले म विश्वस्त छु कि हामी सम्झौताको नजिक पुगेका छौं। सानातिना कुरामा मात्रै सहमति हुन बाँकी छ । ,

तर, हिजो राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौतामा पुग्ने दाबीलाई अस्वीकार गर्दै अहिलेसम्म त्यस्तो कुनै सम्झौता नभएको बताएका छन् ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले पनि भने, ‘हामी अहिलेसम्म कुनै सम्झौतामा पुग्न सकेका छैनौं, तर हामी सम्झौतामा सहमत हुन कडा मेहनत गरिरहेका छौं।’

यसैबीच, इजरायली सेनाले फुटेज जारी गरेको छ र दावी गरेको छ कि अल-शिफा अस्पताल मुनि एउटा “५५ मिटर लामो सुरुङ” रहेको छ, जसलाई हमासले आतंकवादी गतिविधिका लागि प्रयोग गरिरहेको छ।

इजरायली सेनाले अर्को भिडियो जारी गरेको छ जसमा हमास लडाकुहरू बन्धकहरू लिएर अल शिफा अस्पताल गएको दाबी गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖