• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पुरातन कार्यशैलीमै फर्कियो एन्फा, तपाईं यमन विरुद्धको टिकट अनलाइनमा खोज्दै हुनुहुन्छ?


  • धनकुटा खबर
  • .

काठमाडौं- फिफा विश्वकप २०२६ र एसिया कप छनोटअन्तर्गत दोस्रो चरणको समूह ‘एच’ को दोस्रो खेलमा नेपाल मंगलबार यमनसँग भिड्दै छ। प्रतियोगिताका लागि घरेलु दर्शकले भने टिकट किन्नकै लागि सास्ती खेप्नु पर्ने भएको छ।

आज साँझ ७ बजेबाट सुरु हुने खेलका लागि एन्फाले साधारणतर्फ ४०० र भिआइपीतर्फ १ हजार टिकट मूल्य निर्धारण गरेको छ। तर यो टिकट तपाईंहरूले अनलाईनमार्फत खरिद गर्न सक्नुहुन्न। अर्थात कुनै पनि वालेट या अनलाइन ‘प्लेट फर्म’ मा तपाईं टिकट पाउनु हुन्न।

एन्फा उपाध्यक्ष दावा लामाले अनलाइनमा टिकट उपलब्ध नभएको बताए। उनले भने, ‘यो पटक एन्फाले आफैं टिकट बिक्री गर्ने निर्णय गरेका कारण छोटो समय भएकाले अनलाइनमार्फत हामीले टिकट बिक्रीमा राखेका छैनौं। बिहानैबाट दशरथ रंगशालाको गेटबाट टिकट बिक्री सुरु भइसकेको छ।’

प्रविधिले झनै सहज बनाइरहँदा एन्फा भने पुरातन ढर्रामा नै आफूलाई अभ्यस्त गराइरहेको छ। विकास नारायण श्रेष्ठ र पुरुषोतम थापालाई टिकेटिङको जिम्मा एन्फाले दिएको छ।

तर सबै टिकट भौतिक रूपमा नै उपस्थित भएर दर्शकले खरिद गर्नु पर्ने छ। उपाध्यक्ष लामाले भने, ‘यो हामीले नयाँ प्रयोग गरेको हो। आफैं टिकट बिक्री गरेर एन्फाले यो पटक नयाँ प्रयोग गर्दै छ। हामी दर्शकलाई सहजतका लागि कुनै कसुर बाँकी राख्दैनौं।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖