धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ बाट एक महिला बेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा पाख्रीवास ८ मुगा माईती घर भई माेरङ कानेपोखरी ४ बयरबन विवाह गरेकी अन्दाजी २२/२३ बर्षकी झरना राई (राजवंशी) रहेकी छिन् ।
चाड पर्व मनाउन दशैमा माईती आएकी झरना तिहारको भाइ टिकाको भोलिपल्ट कार्तिक ३० गते देखि हराएको पारिवारिक श्राेत (माईती पक्ष)ले जनाएको छ ।
३० गते विहान औषधि किन्न जाने भनेर आफ्नो सानो २ बर्षको बच्चालाई छाडेर माईतीघरबाट निस्केकी झरना अहिलेसम्म नफर्केको र सम्पर्कमा पनि नआएको भाइ सागर राईले बताउनु भएको छ । यसरी अकस्मात दिदी सम्पर्क विहिन हुँदा आफुहरुलाई अत्यन्तै दु:ख, चिन्ता लागेको सागरले बताउनुभयो ।
अहिलेसम्म आफ्नो आफन्त तथा छरछिमेककोमा खोजी गर्दा पनि झरना नभेटिएको सागरको भनाई छ । यदि झरनालाई कोही कसैले देखे वा भेटे नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अथवा मोबाइल नं ९८२४३८३७१९, ९८०३३०८३९१ र ००९७४३३४०४२१७(कतार) मा सम्पर्क गरि जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।
