• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

उनले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदैआएकोमा यस वर्ष पनि मङ्सिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

सो दिन रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको अर्यालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖