• Thursday 8th of October 2026

क्रोएसिया छनोट हुने अन्तिम टिम


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम भएको छ । समूह डीमा अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो । नतिजा अनुसार समूह डीमा टर्की १७ अंक सहित शीर्ष स्थानमा रह्यो । क्रोएसिया १६ अंक सहित दोस्रो स्थानमा रहेर युरोमा सिधै छनोट भयो । वेल्सले युरो कपमा आउन प्ले अफको बाटो हिड्न पर्ने भएको छ ।

क्रोएसियालाई मंगलबार निकै निराशाजनक रात हुने अपेक्षा गरिएको थियो । तर एन्टे बुद्धिमिरले बोर्ना सोसाको क्रसमा गोल गर्दै महत्वपुर्ण जित दिलाए ।

योसँगै क्रोएसियाले सन् २००३ देखि हरेक युरोपियन च्याम्पियनसिप र सन् २०१० देखि हरेक ठुलो प्रतियोगिताका लागि छनोट हुने क्रमलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖