• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भोलि अत्यावश्यक काम भएमात्र घरबाट निस्कनू- ट्राफिक प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं,६ मंसिर । भोलि हुने राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं समूहको प्रदर्शनमा ध्यानमा राखेर ट्राफिक प्रहरीले अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिन ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ ।

उसले भोलि विभिन्न समूहले र्‍याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो।

आज एक सूचना जारी गर्दै भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई फोन गरी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत भनेको छ ।

भोलि एमाले र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैैछन् । एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ । माइतीघरदेखि नयाँ बानेश्वर तथा राष्ट्रपति र प्रधानमन्त्री निवास नजिकको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

तपाईँको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖