• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रसाईंको आन्दोलनः कलंकी–कोटेश्वर सडकमा सवारी थोरै, प्रहरी धेरै


  • धनकुटा खबर
  • .

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान’ आन्दोलनका कारण बिहीवार काठमाडौं उपत्यकामा सवारी साधन कम गुडेका छन् ।

काठमाडौंको बल्खुमा प्रसाईं तथा तीनकुनेमा एमालेको भ्रातृ संगठन युवा संघको कार्यक्रमलाई लक्षित गर्दै ट्राफिक प्रहरीले बिहीवार अत्यावश्यक बाहेक सवारी नचलाउन आग्रह गरेको थियो ।

बिहीवार काठमाडौंमा सवारी साधन कम गुडेका छन् । प्रसाईंको अभियानको र्‍याली हुने तय भएको कोटेश्वर–कलंकी सडकमा यातायात न्युन चलेका छन् ।

चक्रपथमा भने प्रहरी बाक्लो संख्यामा परिचालन भएका छन् । बिहान साढे १० बजेपछि विभिन्न क्षेत्रबाट र्‍याली निकाल्ने प्रसाईं समूहको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖