• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

तिनकुनेमा कार्यक्रम, युवा संघका कार्यकर्ता मोटरसाइकल लिएर बल्खुमा पुगेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडाँको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । बिहीबार दिउँसो बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हो ।

युवा संघको एक समूहले बल्खुमा पुगेर ढुंगामुढा गरेपछि दुर्गा प्रसाईंका कार्यकर्ता आक्रोशित बनेका थिए । प्रसाईं समूहका एक प्रदर्शनकारीले भने, ‘हामी अब गुण्डाहरूलाई देशबाट लखेट्छौँ ।

अर्का प्रदर्शनकारीले थपे, ‘लोकतन्त्रमा आवाज उठाउँदा आज आक्रमण भयो । आज आक्रमण गर्न गुण्डा पठाइयो । हामीलाई स्थान दिएको बल्खुमा उनीहरु किन आएको ?’

युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ ।

करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षामा रहेका प्रहरीले जनाएका छन् ।

दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाई पक्षलाई दिएको बल्खुमा कार्यक्रम गर्न निर्देशन दिएको थियो । युवा संघलाई भने तीनकुनेमा । यसैबीच युवा स‌ंघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖