• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गृहमन्त्रीको ब्रिफिङ : आन्दोलन नियन्त्रणभित्रै रहन्छ, महिला लखेट्ने युवा संघकै कार्यकर्ता पक्राउ..


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा बिहीबारको आन्दोलनका विषयमा ब्रिफिङ गरेका छन् । मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीका अनुसार दुर्गा प्रसाईंको आन्दोलनमा हिन्दु अतिवादीहरुलाई स्वागत गरिएको उल्लेख गरेका छन् ।

हिन्दु अतिवादीहरुले लगानीसमेत गरिदिएका कारण केही हजार मानिस काठमाडौं आउने रिपोर्टीङ रहेको उनले उल्लेख गरे ।

गृहमन्त्रीले ब्रिफिङका क्रममा अतिवादीहरुले बल्खुमा ठाउँ तोकिए पनि निषेधित क्षेत्र प्रवेश गरेर आन्दोलन गर्ने प्रस्ताव गरे पनि दुर्गा प्रसाईंले भने नमानेका कारण बल्खुमै कार्यक्रम तय भएको पनि उनले उल्लेख गरे ।

प्रसाईंको आन्दोलनमा आठ देखि १० हजार र महेश बस्नेतको नेतृत्वमा हुने आन्दोलनमा पनि त्यति नै संख्यामा सहभागी हुने रिपोर्टिङ रहेको उनले उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले मंगलबार राति पार्टी प्यालेसबाट महिलाहरुलाई लखेट्ने युवा संघकै कार्यकर्ता रहेको भन्दै तिनलाई पक्राउको प्रयास प्रहरीले गरिरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖