• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

खुकुरी प्रहार गरी युवकको हत्या गर्ने थप दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या गर्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–५, बंगलामुखीटोलका २० वर्षीय आलोक आश्रित र वडा नं ४, गणेशचोकका १९ वर्षीय सुमन सुनार छन् ।

हत्या गरी फरार रहेका उनीहरूलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको थियो ।

गुलरिया नगरपालिका–५, सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको थियो ।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । कात्तिक २७ गते राति दुई समूहबीच झगडा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖