• Tuesday 6th of October 2026

भारतमा एक युवकले आफ्नै घाटी काटेर मातालाई बलिदिए पछि…


  • धनकुटा खबर
  • .

नयाँदिल्ली। झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपीठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे। अनि उनले पहिले पूजा गरे र त्यसपछि युवकले घाँटी अर्पण गरेर आफैंलाई बलिदिने प्रयास गरे।

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ। त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो।

त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए।

झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन्। युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ। नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ। घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । झाँसी सहरको मानसिल माता मन्दिर र प्रहरी चौकी बरुसागरमा एक व्यक्तिले देवीलाई बलि चढाएको घटनामा घाईते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन्। युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖