• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछाने आक्रोशित


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुर्गा प्रसाईँको आन्दोलनमा सरकारले निषेधको राजनीति गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उक्त गतिविधिले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित भएको बताएका हुन् ।

सबैले रोजेको बाटो एकै हुनुपर्छ भन्ने नरहेको बताउँदै उनले जनताको मुद्दा उठाउने सवालमा कसैको आवाज रोकिन नहुने बताए ।

सरकारले मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडितलगायत भुइँमान्छेको आवाज रोक्न खोजेको उनको आरोप छ । निषेधको राजनीतिक लामो समय नटिक्ने उनको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖