काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाण्डाै रेजर्सले विजयी शुरुवात गरेकाे छ ।
आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा काठमाण्डाै रेजर्सले नवप्रवेशी स्पाेर्टिङ इलाम एफसीलाई १–० गाेलले हरायाे । पहिलाे हाफ बराबरीमा सकिएकाे खेलकाे ५१ औँ मिनेटमा काठमाण्डाैका लागि राजिव लाेप्चनले गाेल गरे ।
आजदेखि शुरु भएको दाेस्राे संस्करणकाे प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ । प्रतियोगिता काठमाण्डाै रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स छन् ।
