काठमाडौं । दुर्गा प्रसाईंको अभियानमा सामेल भएर काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका करिब २ सय जनालाई प्रहरीले रिहा गरेको छ।
प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौंको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले करिव २ सय २० जनालाई पक्राउ गरेको थियो।
ती मध्ये करिब २ सय जनालाई रिहा गरेको र २० जना भने हिरासतमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्गा प्रसाईंका अराजक गतिविधिमा पहिलेदेखि नै संलग्न र बिहीबारको आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई भने प्रहरीले नछाडेको हो।
