• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

घरका छत र सडकपेटीमा प्रहरी तैनाथ, दुर्गा प्रसाईँका प्रदर्शनकारीको छैन अत्तोपत्तो


  • धनकुटा खबर
  • .

काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् ।
शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईँ समूहले गरेको थियो ।

सिफल चौरमा बिहान साढे ११ बजेका लागि कार्यक्रम राखिएको सह प्रवक्ता राजानन्द माण्डव्यले बताएका थिए । तर अहिले त्यहाँ आन्दोलनकारीको नामोनिसान छैन । छन् त केवल नेपाल प्रहरी तैनाथ ।

प्रहरी ठूलो संख्यामा सिफल क्षेत्रमा परिचालन गरिएको छ । त्यहाँ वरिपरिका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् । प्रसाई भने अहिले आफ्नाे निवासमा नै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖