• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस र माओवादी भित्रभित्रै हिन्दूराष्ट्र घोषणा गर्ने कुरामा सहमत भैसकेका छन् :रवीन्द्र मिश्र


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई संसद्बाटै दुई तिहाई बहुमत जुटाएर हिन्दूराष्ट्र घोषणा गर्ने कुरामा कांग्रेस माओवादी भित्रभित्रै सहमत भैसकेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा साझा गर्ने क्रममा यस्तो दाबी गरेका हुन् । उनले राजसंस्थसहितको हिन्दूराष्ट्र हुनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्–‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।’

यस्तो छ मिश्रको स्टाटस :

खासगरी कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई–तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेका छन्। कांग्रेसबाट प्रस्ताव आउनेछ। माओवादीले विरोध गरेजस्तो गर्नेछ या मौन रहने छ। आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध गर्ने छैनन्।

अहिले आन्दोलनकारीलाई उत्तेजित तुल्याउने, अवस्था जटील बनाउने र परिस्थितिलाई डोर्याएर मध्यमार्गी संझौताका रूपमा त्यता लैजान प्रयास हुने प्रबल संभावना छ।

लेखेर राख्नुहोला – ‘राजसंस्था’ अर्थात मियो बिनाको ‘हिन्दू राष्ट्र’ हाम्रो धर्म, संस्कृति र सभ्यताका लागि मात्र होइन, समग्र नेपालको दिर्घकालीन हितका लागि पनि घातक हुनेछ। त्यसपछि राजसंस्थाको मुद्दा ओझेलमा पर्नेछ। नेपालको दिर्घकालीन शान्ति र स्थिरता असंभव हुनेछ।

त्यसैले ‘हिन्दू अधिराज्य’मा संझौता नगर्नुहोला। ‘हिन्दू राष्ट्र’ मात्र भन्दै नभन्नुहोला। ‘हिन्दू राष्ट्र’ त ‘हिन्दू गणतन्त्र’ मा पनि संभव छ। हामीले ‘हिन्दू गणतन्त्र’ चाहेको होइन। राजसंस्था सहितको ‘हिन्दू अधिराज्य’ चाहेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖