मुम्बई– बलिउडका लोकप्रिय अभिनेता सलमान खानका बुबा सलीम खान ८८ वर्ष पुरा भएका छन् । सलीम खानले विभिन्न सुपरहिट फिल्म लेखेका छन् । उनी फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चित रहे । सलीमले विवाहित हुँदा–हुँदै पनि दोस्रो विवाह गरेका थिए ।
उनले अभिनेत्री तथा डान्सर हेलनसंग दोस्रो विवाह गरेका हुन् ।सलीम खानले आफ्नो छोरा अरबाज खानको शो ‘द इन्भिसिबल विद अरबाज खान’ मा आफ्नो दोस्रो विवाहको बारेमा बोलेका छन् । सलीम खानले आफूले दोस्रो विवाह किन गरेको बारेमा बताएका छन् ।
सलीम भन्छन् – ‘जब मेरो विवाह भयो, त्यो समयमा हेलन एकदम यङ थिइन् र म पनि यङ नै थिएँ । तर पनि मेरो उनीसंग विवाह गर्ने कुनै उद्देश्य थिएन । मैले केवल उनको सहयोगका लागि उनीसंग विवाह गरेको हुँ। त्यो एउटा भावनात्मक दुर्घटना थियो, जुन जो कोहिसंग पनि हुन सक्थ्यो ।’
सलीमको पहिलो विवाह १९६४ मा सुशीला चरक (सलमा) संग भएको थियो । विवाहित हुँदा–हुँदै पनि सलिमको एक अभिनेत्रीसंग प्रेम सम्बन्ध प्रारम्भ भयो । जब सलीमले हेलेनसंग दोस्रो विवाह गरे, तब उनी सलमान, अरबाज,सोहेल र एक छोरीका बुबा बनिसकेका थिए ।
