• Sunday 4th of October 2026

किन अकस्मात नेपाल आए भारतीय प्रधानमन्त्रीका सल्लाहकार


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रे पुनः काठमाडौं आएका छन् । उनी नयाँ दिल्लीबाट नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा हिजो साँझ आइपुगेका हुन् ।

साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका रेसँगै भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा त्यहाँको नीति आयोगका अध्यक्ष विवेक देव राय पनि काठमाडौं आएको बताइन्छ । देवराय र रे दुबै होटल हिमालय कुपण्डोलमा बसेका छन् ।

उनीहरुको काठमाडौं आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले औपचारिक जानकारी दिएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖