• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

योगेश भट्टराईको चियापान कार्यक्रममा पहिचानवादीहरूको अवरोध


  • धनकुटा खबर
  • .

नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन्।
दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको थियो, जसमा सहभागी हुनका लागि एमालेका सचिव योगेश भट्टराई पनि पुगेका थिए । तर, पहिचानवादीहरूले कार्यक्रम अवरोधको प्रयास गरेका हुन् ।

कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको बताइएको छ ।

त्यसअघि बिहान पहिचानवादीहरूले कालो झण्डासहित फुङलिङस्थित सचिव भट्टराईको घरअगाडि प्रदर्शन गरेका थिए । पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖