• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौं :रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ।

सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहिले भएको व्यवस्थामा कयौं यसका प्रावधानहरुमा विमति रहँदा रहँदै पनि जनताको अवस्था फेर्न सकिन्छ यही व्यवस्थाभित्रै रहेर आफ्नो अभियान सुरु गरेको बताए।

उनले भने, हामीलाई दुई तिहाइ दिनुस् कस्तो व्यवस्था चाहिन्छरु कस्तो संविधान चाहिन्छ हामी देखाइदिन्छौं। कस्तो नीति चाहिन्छ हामी भन्नसक्छौं। तर, देशलाई द्वन्द्वमा फर्काउँदैनौं। एउटा पनि जनताको हातमा सानो चोट नलागी परिवर्तन ल्याउन सकिन्छ। त्यसैका लागि हामी लागिपरेका हौं। हामीलाई भोक लागेको छ थालै खान सकिँदैन। गाँसगाँस खानुपर्छ पहिलो गाँस भ्रष्टाचारीको उठिबास।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖