• Friday 9th of October 2026

धनगढीबाट बेङ्लोर गएका ७० यात्रु बाटोमै अलपत्र


  • धनकुटा खबर
  • .

धनगढी। कैलालीको धनगढी बसर्पाकबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। श्री केदार टुर एण्ड ट्राभलले पठाएका ७० जना यात्रुहरू बिच बाटोमा अलपत्र परेका हुन्।

उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्।उनीहरु भारतको डन भन्ने स्थानमा अलपत्र छन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन् ।

भारतमा रहेका बसका चालकहरूले पनि उल्टै उनीहरुलाइ गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एक रुपैयाँ कम्पनीलाई बुझाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖