• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मौनता तोड्दै देउवाले भने- हामी अत्तालिएका छैनौं


  • धनकुटा खबर
  • .

चितवन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । पछिल्ला घटनाक्रममा मौन रहेका देउवाले आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग मुख खोलेका हुन् ।

उनले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा देउवाको जवाफ थियो- ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि उनलाई सोधिएको थियो । प्रधानमन्त्रीको आलोपालोको सहमतिबारे उनले प्रष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘थाहा पाइहाल्नु हुन्छ नी !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖