• Thursday 8th of October 2026

धोनीले २०२४ को आइपिएल खेल्ने


  • धनकुटा खबर
  • .

एजेन्सी – भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ पनि खेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले धोनीलाई टोलीमा रिटेन गरेको छ ।

धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । धोनीले २००८ को पहिलो संस्करण देखीनै चेन्नईको नेतृत्व गर्दै आएका छन् । उनको कप्तानीमा दुई पटक २०२० र २०२२ मा मात्रै चेन्नई प्लेअफमा पुग्न सकेको छैन ।

अन्य सबै संस्करणमा प्लेअफ खेलेको थियो । धोनीले आफ्नो उत्कृष्ट कप्तानीमा टिमलाई मजबुत बनाउँदै आएका छन् ।
ढल्किदो उमेरका कारणले उनले गतवर्ष नै सन्न्यास लिन सक्ने अनुमान गरिएको थियो । तर उनले २०२४ को आइपिएल पनि खेल्ने भएका छन् । चेन्नईमा उनले २०२२ देखी १२ करोड भारु वार्षिक पाउँदै आएका छन् । रविन्द्र जडेजाले १६ करोड भारु वार्षिक पाउँदै आएका छन् ।

२०२१ अघि भने धोनीले १५ करोड र जडेजाले ७ करोड भारु पाउँदै आएका थिए । धोनीले आफ्नो मूल्य घटाउन लगाउन जडेजाको बढाएका थिए । २०२२ को सुरुवातमा जडेजालाई कप्तानी जिम्मेवारी पनि दिएका थिए । तर खराब प्रदर्शन पछि पुन धोनीले टोलीको नेतृत्व गरेका थिए ।

चेन्नईले बेन स्टोक्स र अम्बाती रायुडूलाई भने फुकुवा गरेको छ । स्टोक्सले फिटनेशलाई ध्यान दिँदै आफैं नखेल्ने निर्णय लिएका थिए । गतवर्ष उनलाई अक्सनमा १६ करोड २५ लाख भारुमा किनेपनि मात्रै दुई खेल खेलेका थिए । चोटका कारण उनी बेन्चमा बसेर फर्किनु परेको थियो ।

अनुभवी ब्याटर अम्बाती रायुडूलाई टोलीबाट फुकुवा गरेको छ । चेन्नईले ८ खेलाडी मात्रै टोलीबाट फुकुवा गरेको छ । आकाश सिंह, अम्बाती रायुडू, बेन स्टोक्स, भगवथ बर्मा, ड्वेन प्रिटोरियस, काइल जेमिसन, सिसान्डा मगाला र सुभरान्शु सेनापतीलाई टोलीबाट फुकुवा गरेको छ ।

चेन्नईले टोलीमा राखेका खेलाडी :

अजय मण्डल, अजिंक्या रहाणे, दीपक चाहर, डेभन कन्वे, महेश थिक्सेना, मथिसा पाथिराना, मिचेल सान्टनार, मोईन अली, महेन्द्रसिंह धोनी, मुकेश चौधरी, निशान्त सिन्धु, प्रशान्त सोलान्की, राजवर्धन हंगारगेकार, रविन्द्र जडेजा, ऋतुराज गायकवाड, शेख राशिद, शिवम दुबे, सिमरजीत सिंह र तुषार देशपान्डे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖