• Sunday 4th of October 2026

नेपालको बलिङमा उत्कृष्ट सुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ५ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ ।

बहराइनकी इर्षा सुहुन र कप्तान दीपिका हेर्थ क्रिजमा छन् । नेपालकी तीव्र गतिकी बलर पुजा महतोले दोस्रो ओभरको पाँचौं बलमा रासिका रोर्डिगोलाई शून्यमा एलबीडब्लू आउट गरिन् ।

कविता कुँवरले इसुरु गजानायकेलाई ४ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगमले डाइरेक्ट थ्रोमा अबरा वार्सी अलीलाई शून्यमा रन आउट गरिन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । मलेसियासँगको खेलाडीलाई नै निरन्तरता दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖