• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अर्का उपरथीकाे पनि शैक्षिक प्रमाणपत्र नक्कली, नक्कली शैक्षिक प्रमाणपत्रले पाएको आज सम्मको सेवासुबिधा खारेज हुनुपर्दैन ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली सेनाका अर्का एक उच्च अधिकृतविरुद्ध पनि शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अजुरी परेको छ ।

रथीमा बढुवाको लाइनमा तेस्रो बरियतामा रहेकमा उपरथी निर्मल कुमार थापाविरुद्ध मंसिर ११ गते शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजरी परेको हो ।

उपरथी थापाविरुद्ध पनि उजुरी परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ । यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए ।

थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् । उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने जंगी अड्डाले जनाएको छ । यदि सिग्देल रथीमा बढुवा भएको खण्डमा आगामी भदौमा नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन् ।यसरी नक्कली शैक्षिक प्रमाणपत्र देखाएर खाएको जागिर पाएको आज सम्मको सेवासुबिधा खारेज हुनुपर्ने माग समेत उठ्न थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖