• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

‘पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ


  • धनकुटा खबर
  • .

अभियन्ता दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रसाईँले आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अ हेड’ भनेको उल्लेख गरेका छन्।

‘मेरो तपाईँलाई सहयोग समर्थन छ,’ पूर्व राजाको भनाई उद्धृत गर्दै प्रसाईँले भने, ‘राजपरिवारले त्यति विश्वास गर्नु मेरो लागि निकै ठुलो कुरा हो।’

आफ्नो कार्यक्रम राजधानीमा रहेको समयमा पूर्वराजा राप्रपाको कार्यक्रमको लागि झापा गएको खबरप्रति पनि उनले कुनै गुनासो गरेनन्।

‘राजा सबैका साझा हुन्, जता गए पनि ठिकै छ,’ उनले भने, ‘यसमा मेरो केही गुनासो छैन।’ -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖