• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘बन्धक’ बने महिला- दुर्गा प्रसाईंको शिविरभित्र पस्दा जे देखियो


  • धनकुटा खबर
  • .

गौशाला क्षेत्रका स्थानीय र केही होटल व्यवसायीले दुर्गा प्रसाईंको आन्दोलनमा आएकालाई बन्धक शैलीमा राखेको सूचना दिएपछि हामी मंसिर १२ गते बिहान १० बजेतिर नेपाल प्रेसको कार्यालयबाट निस्कियौं ।

कार्यालयबाट निस्कने क्रममा गौशाला प्रहरी प्रभागका प्रहरी नायब उपरीक्षक केशव थेबेलाई पनि सम्पर्क गर्‍यौं । किनकि त्यहाँ हामीमाथि समस्या पनि आउन सक्थ्यो । थेबे नेतृत्वका प्रहरी अघिल्लो दिनको प्रदर्शनदेखि नै हाइ अलर्टमा रहेछ त्यहाँ ।

गौशाला चोकमा न्यू घरेलु होटल र सेभेन स्टार पार्टी प्यालेस दुई ठाउँमा प्रसाईंको आन्दोलनमा आएकालाई राखिएको रहेछ । पहिले हामी सेभेन स्टारमा राखिएका सहभागीको अवस्था बुझ्न गयौं ।

अभियानमा सहभागी हुन आएकाहरु केही घाम ताप्दै गफगाफ गर्दै थिए । केही खाना खाएर फर्कंदै थिए । कतिपय सुतिरहेका थिए । त्यहाँ अधिकांश मधेशी मूलका महिलाहरु थिए । हाम्रो प्रवेशलाई त्यहाँ सबैले असहज ढंगले हेरिरहेका थिए ।

हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।

हामी ती महिलासँग कुरा गर्न चाहन्थ्यौं, जो अघोषित रुपमा बन्धक जस्तै बनाएर राखिएका थिए । यो चिसोमा पार्टी प्यालेसको भुईंमा राखिएका मधेशका महिलाहरु आफ्नो घर फर्किन चाहे पनि उनीहरुलाई जान नदिइएको सूचना थियो हामीसँग ।

हामीले उनीहरुमध्ये एक जनासँग कुरा गर्न खोज्दा हच्किए । अर्का एक व्यक्ति जो प्रसाईंको तर्फबाट हेरालुका रुपमा राखिएका थिए, उनीसँग हामीले कुरा गर्न खोजेका थियौं । उनले पनि ‘मैले बोल्न मिल्दैन, सरलाई बोलाएर ल्याउँछु, उनैसँग कुरा गर्नुस्m जे गर्नुस’ भन्दै ती व्यक्ति भित्र छिरे ।nepalpress

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖