• Thursday 8th of October 2026

आफ्नो टिमले पाएको पेनाल्टी उल्टाउन रोनाल्डोले भनेपछि…


  • धनकुटा खबर
  • .

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट गोल गर्ने क्षमताका लागि परिचित छन्। हाल साउदी अरेबियन क्लब अल-नासरबाट खेलिरहेका रोनाल्डो प्रत्येक खेलमा गोल गर्नका आतुर देखिन्छन्।

तर सोमबार राति रोनाल्डोले आफूले पाएको पेनाल्टी समेत उल्टाउन रेफ्रीलाई आग्रह गरेका छन्। सोमबार राति एएफसी च्याम्पियन्स लिगको खेलमा रोनाल्डोले आफ्नो टिमलाई पेनाल्टी नदिन रेफ्रीलाई भनेको कुराको अहिले चर्चा भइरहेको छ।

साउदीको रियादमा लिगको समूह ‘ई’ को खेलमा अल-नासर र इरानी क्लब पर्सेपोलिसबीच खेल भएको थियो।

खेलको दोस्रो मिनेटमै रोनाल्डोमाथि फल भएपछि चिनियाँ रेफ्री मा निङले पेनाल्टी दिने निर्णय गरेका थिए। लगत्तै रोनाल्डोले पेनाल्टी दिने उक्त निर्णय उल्टाउन रेफ्रीलाई भनेका थिए।

त्यसपछि रेफ्री निङले भिएआरमार्फत् निर्णय लिएका थिए। भिएआरपछि पेनाल्टी दिने निर्णय उल्टिएको थियो।

यद्यपी खेलको १७औं मिनेटमा अल-नासर १० खेलाडीमा सीमित बनेको थियो। अली लाजामीलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। त्यसपछि कुनै गोल नहुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो।

अल–नासर यो खेलअघि नै नकआउट चरणका लागि छनोट भइसकेको थियो। साउदी प्रो लिग टोली नासर समूहमा पाँच खेलपछि १३ अंकसहित शीर्ष स्थानमा छ र दोस्रोमा रहेको पर्सेपोलिसभन्दा पाँच अंकले अगाडि छ। समूहमा नासर पाँच खेलमा अहिलेसम्म अपराजित छ।
खेलपछि रोनाल्डोले समूहमा पहिलो हुँदै अघिल्लो चरणमा पुगेकोमा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖