• Thursday 8th of October 2026

ब्राजिलका चर्चित फुटबलर नेयमारलाई गर्लफ्रेण्डले दिईन् ब्रेकअप


  • धनकुटा खबर
  • .

ब्राजिलका चर्चित फुटबलर नेयमार आफ्नो उत्कृष्ट खेलसँगै विभिन्न कारणले चर्चामा आइरहन्छन् । यस पटक नेमार आफ्नी गर्ल फ्रेण्डसङ्ग ब्रेकअपको कारण चर्चामा आएका छन् । नेयमारको हालै ब्रेकअप भएको छ ।

नेयमार लामो समयदेखि चर्चित मोडल ब्रुना बियान कार्डिसङ्ग डेट गर्दै आएका थिए । केहि समय पहिले ब्रुनाले एक सन्तानलाई जन्म दिएपछि यी दुवै आमा बुवा समेत बनेका थिए ।

प्राप्त जानकारीका अनुसार हालै ब्रुनाले नेमारसङ्ग ब्रेकअप गरेकि छिन् । चर्चित मोडेल एलाइन फरियासले नेयमारमाथि गम्भिर आरोप लगाएपछि ब्रुनाले नेमारसङ्ग ब्रेकअप गरेकि हुन् ।

फरियासले नेमारमाथि गम्भिर आरोप लगाउने क्रममा नेयमारले उनलाई इन्स्टाग्राममा अश्लिल फोटोको डिमाण्ड गरेको खुलासा गरेकि थिइन् । नेयमारले यस्तो डिमाण्ड गरेको आरोप फरियासले लगाएपछि ब्रुनाले नेमारसँग ब्रेकअप गरेकि हुन् ।

नेयमारले फरियासले लगाएको आरोपको खण्डन गर्दै यो निकै पुरानो कुरा भएको बताएका छन् । तर यो आरोपले नेयमारको निजी जीवनमा ठूलो कम्पन पैदा गरिदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖