• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा छुटेका यात्रुसँग माफी माग्दै किराँतीले भने- फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ


  • धनकुटा खबर
  • .

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किराँतीले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यूएई भ्रमणका क्रममा छुटेका ३१ जना यात्रुसँग माफी मागेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट माफी मागेका हुन् । माफी माग्दै उनले यूएई जाने यात्रुले फोन नउठाउने र मेल नहेर्ने गरेकाले छुटेको दाबी गरे ।

उनले भने,‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ। ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन्। आज धेरै छापिएको छ। मेरो पनि नाम छापिएको छ, ठिकै छ, मेरो बाउको नाम कहिल्यै छापिएन। २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो। हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो। तर भिभिआइपी सवार हुने भएकाले परराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौं। संसारमा जहाँ पनि सार्नुपर्छ। फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौं। फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ।’

‘उतैबाट टिकट काटेर आएकाहरू छुट्नुभयो। उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु। नियमअनुसार नै उहाँहरूलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौं,’ उनले अगाडि भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖