• Thursday 8th of October 2026

लिभरपुल समूह विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल समूह विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेको छ । लिभरपुलले बिहीबार राति सम्पन्न खेलमा अस्ट्रेलियन क्लब एलएएसकेलाई ४-० गोलको फराकिलो अन्तरले हरायो ।

एनफिल्डमा खेलिएको उक्त खेलमा घरेलु टोली लिभरपुलका लागि कोडी गाक्पोले दुई गोलको योगदान गरे । खेल सुरु भएको १२औँ मिनेटमै लुइस डियाजले पहिलो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै गाक्पोले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २-० ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा पनि दुई गोल थपेको थियो । निर्धारित समयको ५१औँ मिनेटमा मोहमद सलाहले टोलीका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा गाक्पोले व्यक्तिगत रूपमा दोस्रो गोल थप्दै लिभरपुललाई सहज जित दिलाएका थिए । समूह ‘ई’ मा चार वटै टोलीले पाँच—पाँच खेल खेलिसकेका छन् । १२ अङ्कसहित लिभरपुल पहिलो, आठ अङ्कसहित टोलुसे दोस्रो, पाँच अङ्कसहित युनियन सेन्ट गिलोइस तेस्रो र तीन अङ्कसहित एलएएसके चौथो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖