• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चिहान खनेर राजतन्त्रको भुत प्रेत ल्याउने सपना नदेखे हुन्छ : ओली


  • धनकुटा खबर
  • .

अमरगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाप्त भइसकेको राजतन्त्र पुन: फिर्ता ल्याउने भन्ने सपना नदेख्न चेतावनी दिएका छन्। मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको संकल्प यात्राको दोस्रो दिन डडेलधुराको अमरगढीमा आयोजित सभामा बोल्दै ओलीले चिहान खनेर राजतन्त्रको भुत–प्रेत ल्याउने सपना नदेख्न भनेका हुन्। अध्यक्ष ओलीले अहिले पनि नेपालमा हिंसा र अस्थिरता मच्चाउन खोज्ने तत्वहरु सक्रिय भएको दाबी गरे।

नेपालमा अस्थिरता मच्चाउन खोज्नेहरुले आतंककारी कार्य गरेको पनि ओलीले टिप्पणी गरे। कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको सभामा देउवाले सत्ता गठबन्धन र कांग्रेसको अहिले भूमिकाप्रति पनि कटाक्ष गरे। सत्ता गठबन्धनका नेताहरु अहिले सत्ता कसरी जोगाउने अनि कसरी मन्त्री हुनुका साथै कसरी बढी कमाउने भन्ने धन्दामा लागेको ओलीले आरोप लगाए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अर्थतन्त्र ओरालो लागेको र कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण उठाउनुपर्ने अवस्था भएको दाबी गरे। उनले महाकाली र सेती करिडोर पनि अवरोध भएको दाबी गरे। उनले ठेक्का पट्टा नै रद्द र स्थगित भएको दाबी गरे। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार छेस्कोको भरमा अडेको दाबी गर्दै कुनै पनि बेला ढल्नसक्ने ओलीको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖