• Thursday 8th of October 2026

साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३ गोलले पराजित


  • धनकुटा खबर
  • .

काठमाण्डाै – साउदी प्रो लिगमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।

अल हिलालका एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए ।
पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ ।

गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको hb छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖