• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस लुम्बिनी सम्मेलनः चन्द्र भण्डारीमाथि खनिए देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता चन्द्र भण्डारीलाई धेरै बोल्नुभन्दा पनि काम गरेर देखाउन आग्रह गरेका छन् ।

आजदेखि बुटवलमा सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले बोल्न जति सजिलो काम गर्न नरहेको बताएका हुन् । नेता भण्डारीको सम्बोधनपछि कार्यक्रमलाई सम्बोधन गरेका देउवाले छोटो अभिव्यक्ति दिएपनि पुरै समय नेता भण्डारीको अभिव्यक्ति खण्डण गर्नमा खर्चिए ।

नेता भण्डारीले पार्टीका विभिन्न विकृति विसंगतिका बारेमा बोलेका थिए । देउवाले नेता भण्डारीलाई अब स्वस्थ भइसकेको भन्दै काम गरेर देखाउन भने ।

चन्द्रजीले चर्को बोल्नुभयो । बोलेरमात्रै हुन्न, विरामी हुनुहुन्थ्यो, ठीक हुनुभयो । अब ठीक हुनुभयो, भाषणमात्रै गरेर हुन्न । अब काम गरेर देखाउनु पर्यो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖