• Thursday 8th of October 2026

कुशल भुर्तेलले अस्ट्रेलियामा क्लबस्तरीय क्रिकेट खेल्ने


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले अस्ट्रेलियाको क्लब स्तरीय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

त्यसका लागि भुर्तेल शनिबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका छन्।
उनले अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिनसुलाबाट खेल्नेछन्। यो क्लबले अस्ट्रेलियाको क्लब स्तरिय प्रतियोगितासहित भिक्टोरियन प्रिमियर लिग खेल्ने गर्छ।

उनी डेढ महिना अस्ट्रेलिया बसेपछि स्वदेश फर्कनेछन्।

नेपालले अब आगामी फागुनमा आइसिसी विश्वकप लिग-२ को खेल खेल्दैछ। त्यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको कुनै औपचारिक खेल तालिका छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖