• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलको शेयर खरिदबिक्री प्रकरणमा बाबुरामको आशंका- ठूलो चलखेल भएका हुनसक्छ, सरकार बोलोस्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण ठूलो चलखेल भएको आशंका गरेका छन्। उनले कर छल्नकै लागि शेयर बिक्री गरेर हिँडेको आशंका गर्दै सरकार र नियामक निकाय जवाफ माग गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ। यदि साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाँ भित्रिन्छ ?’

उनले विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य हुने परिस्थिति बनेको भए यहाँ अब को भित्रिन्छन् भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले थपेका छन्, ‘त्यसो हैन र पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ? अरबौँ रकम बराबरका यस्ता हर्कत देशका ऐन नियम विपरीत हाकाहाकी कसरी हुन सक्छन् ? यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖