• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बूढीगण्डकीको बाढीले धादिङको स्याउली बजार बगायो


  • धनकुटा खबर
  • .

धादिङ । बूढीगण्डकी नदीमा आएको बाढीले धादिङको स्याउली बजार बगाएको छ।

आज बिहान आएको बाढीले आरुघाटस्थित स्याउली बजारमा ठूलो क्षति पुर्‍याएको हो।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार गाउँपालिकाभित्रका दुई वटा पक्की पुल बाढीले बगाएको छ। बाढीले सोती र आरुघाट बजारका पुल बगाएको उनले बताएका छन्।

बाढीका कारण सोती बजारका अधिकांश घरमा समेत क्षति पुगेको छ।

बूढीगण्डकीमा आएको बाढीले आसपासका बस्ती तथा भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖