• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेल शेयर खरिदबिक्री प्रकरणबारे बोले बाबुराम


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनसेल शेयर खरिदबिक्री प्रकरणबारे मुख खोलेका छन् । उनले एनसेलको खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत गर्ने र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एनसेल खरिदबिक्री प्रकरणमा आफ्नो धारणा राख्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्-

एनसेलको शेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ।

१. यदि साककच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाकक भित्रिन्छ?

२. त्यसो हैन र पुककजीगत ककाभकर र अन्य कर छल्नकैनिम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ?

३. अरबौं रकम बराबरका यस्ता हर्कत देशका ऐननियम विपरित हाकाहाकी कसरी हुनसक्छन्? यसमा राज्यका विभिन्न अंगमा हालिमुहाली गर्नेहरूको संलग्नता नभैरहन सक्छ ?

सरकारको नेतृत्व र नियामक निकाय बोलोस्!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖