• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जसपाको तीन दिने प्रशिक्षणका लागि उपेन्द्र यादवसहितका नेताहरू लुम्बिनीमा


  • धनकुटा खबर
  • .

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीन दिने प्रशिक्षण आजदेखि सुरु हुँदै छ रुपन्देहीको श्रीलंका गेष्टहाउसमा हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरूलाई प्रशिक्षकको रूपमा राखिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जनाए ।

मङ्गलवार दिउसो १ बजेदेखि सुरु हुने प्रशिक्षणको लागि पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरू सोमबार नै रुपन्देही आइसकेका छन् ।

प्रशिक्षणमा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राज किशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिनेछन् ।

लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖