• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा


  • धनकुटा खबर
  • .

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

त्यसविरुद्ध मंसिर १९ गते मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।​२०७६ सालको एक घटनामा जिल्ला अदालत काठमाडौंले विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना सोमवार गोरखापत्रमा प्रकाशित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖