• Thursday 8th of October 2026

यू–१९ एसिया कपमा अफगानस्तानविरुद्ध भिड्ने नेपाली टिम सार्वजनिक, थपिए दिपक बोहरा


  • धनकुटा खबर
  • .

काठमाडौं,१९ मंसिर । यूएईमा हुने यू–१९ एसिया कपमा अफगानस्तानविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

सोमबार एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले यू–१९ एसिया कप खेल्ने नेपाल र अफगानस्तानको टिम सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीमा नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको अन्तिम १४ मा दिपक बोहराको नाम थप भएको छ । क्यानले एक हप्ताअघि सार्वजनिक गरेको खेलाडी सूचीमा दिपकको नाम थिएन ।

यू–१९ एसिया कप खेल्ने नेपालको टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुल्सन कुमार झा, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दिपक बोहरा

यू–१९ एसिया कप खेल्ने अफगानस्तानको टिमः

नसिम खान मरोफ खिल (कप्तान), जम्सिद जद्रान, खलिद तनिवाल, अक्रम मोहम्मदाजै, सोहिल खान जुरमातै, राहिमुल्लाह जुरमाटी, नुमान शाह अगाह अगाह, मोहम्मद युनुस जद्रान, वाफिउल्लाह ताराखिल, अल्लाह मोहम्मद गजानफार, वाहिदुल्लाह जद्रान, वसिर अहमद अफगान, फारिदोन दाओदजै, खलिल खलिल अहमद र आशिफ मोहम्मद तनिवाल ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖