• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका प्राविधिक दीपेन्द्र कर्णले जानकारी दिए ।

बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक थियो । आवश्यक भिजिबिलिटी राम्रो थियो । तर, जब जहाज उड्यो तब उताको मौसम बिग्रियो । कम भिजिबिलिटीका कारण जहाज ल्यान्ड गर्न नसकेर काठमाडौँ फर्किएको हो’ उनले भने ।

जहाजमा प्रधानमन्त्री प्रचण्डसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖