• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । जन्ममिति किर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए । पाण्डेले कार्तिक २४ मा बुझाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएसँगै जंगी अड्डाले अर्का उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ । सिग्देललाई रथीमा बढुवा गर्न मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने फाइल रक्षा मन्त्रालयमा छ । तर, सिग्देलको अर्को ‘विवादित’ फाइल पनि रक्षा मन्त्रालयमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । सिग्देलविरुद्ध परेको उजुरी सँगै राखेर आवश्यक छानबिन गर्न रक्षामा पत्राचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

ती अधिकारी भन्छन्, ‘आयोगमा उजुरी आएको थियो, आवश्यक छानबिन गरेर रिपोर्ट पठाउन रक्षा मन्त्रालयमा पठाएका छौँ ।’ जंगी अड्डाले मङ्सिर ८ मा सिग्देललाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि जंगी अड्डाले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖