• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।

यस्तै रजिस्ट्रेसन आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम पौष १५ गतेसम्म प्रति विद्यार्थी रु. ४ ००सहित बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ ।

सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा पौष मसान्तभित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी र. ८००) का दरले हुन आउने रकम दाखिला गरी मिति माघ १५ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाई सक्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा अतिरिक्त विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूले समेत अनिवार्य रूपमा आफूले अध्ययन गर्न चाहेको विषय रजिस्ट्रेसन फाराममा उल्लेख गर्नुपर्ने उल्लेख छ । रजिस्ट्रेसन आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖