• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलको शेयर खरिदबिक्री चलखेलबारे दुई वटा संसदीय समितिमा छलफल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दुई वटा समितिमा एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेललाई लिएर छलफल हुने भएको छ । आज ११ बजे अर्थ समिति र दिउँसो २ बजे लेखा समितिको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ ।

अर्थ समिति बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डा रहेको बताइएको छ ।

त्योबाहेक राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धिको अवस्था सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ ।

एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै चासो देखाएर ९ जिज्ञासाको जवाफ मागिसकेको छ । आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा केही सवालको जानकारी खोजेको हो ।

एनसेलको शेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको, नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदएको विषयमा लेखा समितिको चासो छ ।

हिजोमात्र सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेपछि यसले बजार तताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖