• Sunday 4th of October 2026

हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा, हवाई भाडा महँगो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ ।

सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

एकल इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले जारी गरेको अल्पकालीन आदेश हिजो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले खारेज गरेको हो ।एकपक्षीय अन्तरकालीन आदेश बदरको माग गर्दै अन्तरिक राजस्व विभागले पनि साउन २८ गते सर्वोच्चमा निवेदन दर्ता गरेको थियो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आजैदेखि भ्याट लागू भएको जानकारी दिनुभयो । भ्याट लागू भएसँगै हवाई भाडा फेरि महँगो भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् आन्तरिक तथा बाह्य दुवै खालका हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖