• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अवैध रूपमा ल्याएको १६ सय ५० किलो चिनी बरामद


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका ९ मंगलटार प्रहरी चेक पोष्टले अवैध चिनी बरामद गरेको छ । बुधबार बिहान ८ः३० बजे प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा संखुवासभा खादबारीबाट काठमाडौँतर्फ जाँदै गरेको गरेको बाप्र ०३–००१ ख १९६६ नं को बस चेकजाँच गर्ने क्रममा अवैध चिनी बरामद गरिएको हो ।

उक्त बसको हुट र डिकीमा अवैध रुपमा लुकाइछिपाइ ल्याएको ३३ बोरा (करिब १६५०किलो) बराबरको चिनी बरामद गरिएको र उक्त बससँगै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖