• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज पनि घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ- नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो । मंगलबारकाे तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖