काठमाडौं । न्यूरोडबाट अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति उक्त कारखानामा छापा मारेको हो ।
छापा मार्ने क्रममा प्रहरीले पर्ल गोल्ड प्रालिका सञ्चालक ४१ वर्षीय कैलालीका पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसमेत बरामद गरेको छ । बरामद गरिएको सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
